वर्षको अन्तिम टेनिस प्रतियोगिता एटिपी फाइनल्सको उपाधिका लागि स्टेफानोस सिट्सिपास र डोमिनिक थिम प्रतिष्पर्धा गर्ने भएका छन् ।
६ पटकका च्याम्पियन रोजर फेडेररलाई २–० को सोझो सेटमा हराउँदै ग्रिक खेलाडी सिट्सिपासले फाइनलको यात्रा तय गरेका हुन् ।
कीर्तिमानी सातौं उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररलाई २१ वर्षे सिट्सिपासले ६–३ र ६–४ को सहज सोझो सेटमा पाखा लगाए ।
उनले उपाधिका लागि अष्ट्रियाका डोमिनिक थिमसँग प्रतिष्पर्धा गर्नेछन् । थिमले ओटू एरेनामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभलाई २–० को सेटमा हराए ।
पहिलो सेट ७–५ ले जितेका थिमले दोस्रो सेटमा ६–३ विजयी भए ।
दुबै खेलाडीका लागि एटिपी फाइनल्स करियरकै सबैभन्दा ठूलो उपाधि हुनेछ ।