अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेल अगाडि विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाईलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।
एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई हटाएको हो। उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।
एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई कारवाही स्वरुप टिमबाट बर्खास्त गरेको हो।