डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभ एटीपी फाइनल्सको सेमिफाइनलमा पुगेका छन् । डेनिल मेद्भेदेभलाई २–० को सोझो सेटमा हराउँदै भेरेभ अन्तिम चारमा पुग्न सफल भए ।
भेरेभ सेमिफाइनलमा पुग्दा शीर्ष वरियताका राफेल नाडल भने समूह चरणबाटै बाहिरिएका छन् । यसअघि नाडलले ग्रिसका स्टेफानोस सिट्सिपासलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराउँदै सेमिफाइनल पुग्ने आशा बनाएका थिए ।
नाडल सेमिफाइनल पुग्नका लागि डेनिल मेद्भेदेभले भेरेभलाई हराउनु पर्ने थियो । तर खेलमा भेरेभले ६–४ र ७–६(७–४) को सहज जित निकाले ।
अब सेमिफाइनलमा भेरेभले डोमिनिक थिमसँग प्रतिष्पर्धा गर्नेछन् भने सिट्सिपासले ६ पटकका च्याम्पियन रोजर फेडेररसँग ।