रसेलकाे बिस्फाेटक पारीमा वारियर्सकाे सहज जित, पारसकाे टिमकाे खेल राति

0

युएईको आबुदावीमा सुरु भएको टी १० लिग क्रिकेटमा नर्दन वारियर्सले सहज जित निकालेको छ । उसले मराठा अरवियन्सलाई नौ विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ६ विकेट गुमाउँदै ८० रन बनायो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा डासुन सनाकाले ३७ तथा चाडविंक वाल्टोनले २४ रन बनाए । अरु खेलाडी सस्तैमा आउट भए । बलिङमा क्रिस उड र आन्द्र रसेलले दुई दुई विकेट लिए ।

जवाफमा नर्दन वारियर्सले सात ओभरमा नै मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि आन्द्रे रसेलले विस्फोटक रुपमा अर्धसतक बनाए । जसमा उनले २४ बलमा चार चौका र ६ छक्काको मद्दतमा ५८ रन बनाए । यस्तै जर्ज मुन्सीले २४ रन बनाए ।

नेपालका पूर्व कप्तान पारस खड्काको टिम आबुधावीले आजै राति खेल्नेछ ।

Post Add 1025X115
Loading...