शुभाङ्गीलाई स्वर्ण

0

आयोजक लिटिल एन्जल्स (एलए) की शुभाङ्गीलक्ष्मी शाहले १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् । फाइनलमा शुभाङ्गीले काष्ठमण्डपकी अजा रेगमीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरिन् ।

ब्वाइज डबल्समा नेपाल प्रहरी स्कुलका सफल श्रेष्ठ र सरोज श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रहरीकै चिराग तिमिल्सिना र स्लोक खड्काको जोडीलाई ६–३ र ६–३ को सीधा सेटमा हराए ।

सोही स्पर्धाको गल्र्स फाइनलमा सेन्ट जेभियर्सका इशाश्री शाह र आध्या पौडेलको जोडीले एलएका शुभाङ्गीलक्ष्मी शाह र मार्फा महर्जनको जोडीलाई ६–४, ५–७ र १०–७ ले पाखा लगाउदै पहिलो भए ।

यु–९ गल्र्स सिंगल्समा काष्ठमण्डपका प्राज्ना मानन्धर र कर्मिस्टा श्रेष्ठ उपाधिका लागि भिड्ने भएका छन् । यु–१० ब्वाइज सिंगल्समा रातो बंगलाका आद्रित नेपाल, सेन्ट जेभियर्सका अशभ हाडा, काष्ठमण्डपका अर्मात्य शर्मा र काष्ठमण्डपका स्पर्श तिमल्सिना सेमिफाइनलमा पुगे ।

Post Add 1025X115
Loading...