नेपाल यू१९ महिला क्रिकेट टिम मलेसियासँग पराजित

0

चीनको संघाईमा जारी ‘बि एण्ड आर कप टि-२०’ प्रतियोगितामा नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिम मलेसिया बिरुद्ध ५ विकेटले पराजित भएको छ |

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११४ रन बनाएको थियो

नेपालका लागि राजमती ऎरिले ३७, कविता कुवरले १९, लक्ष्मी साउदले १९, डलि भट्टले १३ रन बनाए| तर बाँकी खेलाडी सस्तोमा आउट भए।

मलेसियाले सो लक्ष्य २० ओभरमा ५ विकेट गुमाउदै पुरा गर्न सफल भयो।

नेपालका लागि कृतिका मरासिनी, कविता कुवर, लक्ष्मी साउद, इश्वरी बिस्टले समान १/१ विकेट लिएका थिए |

पहिलो खेलमा नेपाल यु१९ महिला टोलि थाइल्यान्ड बिरुद्ध २९ रनले पराजित भएको थियो भने दोश्रो खेलमा चिनलाइ ८ विकेटले पराजित गरेको थियो | त्यसैगरी, तेश्रो खेलमा म्यानमारलाइ ३५ रनले पराजित गरेको छ |

Post Add 1025X115
Loading...