नेपाली टिमलाई बंगलादेशस्थित राजदूतावासमा सम्मान

0

बंगलादेशस्थित नेपाली राजदूतावासले नेपाली महिला भलिबल टिमको सम्मानमा दिवा भोजको आयोजना गरेको छ । बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको नेपाली टिमलाई नेपाली राजदूतावासका काउन्सिलर धनबहादुर वलीले स्वागत गरे ।

नेपाली टिमले माल्दिभ्सलाई हराउँदै २० वर्षपछि पहिलो उपाधि जितेको थियो । यसअघि नेपालले कुनै पनि प्रतियोगितामा स्वर्ण पदक जित्न सकेको थिएन । प्रतियोगितामा चारैवटा विपक्षी टिमलाई हराएको थियो ।

अपराजित रहँदै नेपाललाई च्याम्पियन बनाउँदा प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उत्कृष्ट स्पाइकरको उपाधि पनि प्रतिभाले नै जित्दा सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो चुनिइन् ।
नेपाली टिम आज चार बजे स्वदेश फर्किनेछ ।

Post Add 1025X115
Loading...