पीसिएलमा महङ्गो सुचिको ड्राफ्टमा सन्दिप

0

सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेट लिगका लागि ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका छन। सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् ।

सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी छन् । पीएसएलले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनममा पर्ने खेलाडीको मूल्य न्युनतम एक लाख ४७ हजार देखि अधिकतम दुई लाख १८ हजार डलर रहेको छ । यदी सन्दीप ड्राफ्टबाट छानिए भने उनले कम्तीमा एक लाख ४७ हजार अमेरिकी डलर पाउनेछन् ।  पीएसएलको ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ ।

लिगका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउनेछन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्स, मुल्तान सुल्तान्स, पेसावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीपले पीएसएलको अघिल्लो सिजन लाहोर क्वालन्डर्सबाट खेलेका थिए । हाल सन्दीप टी–१० लिग खेल्न युएइ गएका छन् ।

Post Add 1025X115
Loading...