रोनाल्डोले ह्याट्रिक गर्दा पोर्चुगलको युरो छनोट सम्भावना कायम

0

लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चगलले आफ्नो मैदानमा मोन्टेनेग्रोलाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पु¥याएका छन् ।

सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा चार गोल थप्यो ।

५२औं मिनेटमा पिज्जीले गोल गरे । ५६औं मिनेटमा गोन्कालो पासिन्सिया र ६३औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले ५–० को अग्रता लियो । त्यसको दुई मिनेटपछि बर्नार्डो सिल्भाको पासमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगलले ६–० को जित निकाल्यो । पोर्चुगलका लागि रोनाल्डोको यो नवौं ह्याट्रिक हो ।

जितसँगै पोर्चुगलले समूहमा १४ अंक बनाएको छ ।

यो समूहमा सर्विया तेस्रो स्थानमा छ । सर्वियाले लग्जम्बर्गलाई ३–२ ले हरायो । १३ अंक जोड्दै सर्विया तेस्रो स्थानमा छ ।
समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ । अन्तिम खेलमा सर्वियाले युक्रेनसँग र पोर्चुगलले लग्जम्बर्गसँग प्रतिष्पर्धा गर्नेछ ।

Post Add 1025X115
Loading...