फेडेरर एटिपी फाइनल्सको सेमिफाइनलमा

0

नोभाक जोकोभिचलाई हराउँदै रोजर फेडेरर एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुईमध्ये एक खेलाडी फाइनल पुग्ने अवस्थामा स्वीस खेलाडी फेडेररले जोकोभिचलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए ।

खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए ।

जितपछि फेडेररले धेरै खुसी भएको प्रतिक्रिया दिए । उनले भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन गरे ।’

लण्डनको ओ२ एरेनामा भएको खेलमा जोकोभिच हारेपछि यो सिजनको अन्तिमसम्म टेनिस वरियता क्रमको शीर्ष स्थानमा राफेल नाडल रहने पक्का भएको छ ।

Post Add 1025X115
Loading...