नेपालसँगको खेल अगाडि कुबेतको प्रभावशाली जित

0

फिफा विश्वकप छनौटको खेलमा नेपालसँग खेल्ने तयारीमा रहेको कुवेतले चाइनिज ताइपेइलाई ९-० को भारी अन्तरले हरायो।

घरेलु मैदानमा भएको खेलमा कुवेतले चाइनिज ताइपेइ बिरुद्ध खेलको सुरुवात देखि नै दबाब दिएको थियो।

जसमा २२औ मिनेटमा युसुफ अल सलमानले गोल गरे । त्यसपछि ४१औ मिनेटमा फाहद अल अन्सारी ले गोल गर्दै २-० को अग्रता दिलाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा ७ गोल गर्यो।

जसमा ५०औ मिनेटमा मुबारक अल फानिनीले तेस्रो गरेभने ५५औ मिनेटमा बादेरले र ५९औ मिनेटमा युसुफ अल सलमानले व्यक्तिगत दोस्रो तथा टिमका लागि ५औ गोल गरे।

कुबेतको गोल गर्ने क्रम यतिमा रोकिएन। ६२औ मिनेटमा फैसल अल हर्बीले र ७३औ मिनेटमा सबाइब अल खाल्दीले गोल गरे।

७७औ मिनेटमा उपहार गोलमा अन्तर ८-० मा पुर्यायो। ८१ औ मिनेटमा फैसल अल अज्मीले गोल गरे। यता चाइनिज ताइपेइ पुरै खेलमा निरीह देखियो ।

अब कुवेत नेपाली टिमसँग खेल्न आज राति भुटान प्रस्थान गर्नेछ।

 

Post Add 1025X115
Loading...