घरेलु मैदानमा हुने सागमा क्रिकेटले जित्ने पक्का !

0

दक्षिण एशियाली खेलकुद सागमा नेपाली क्रिकेट टिमका लागि पदक जित्ने निकै उत्कृष्ट मौका रहेको छ । भारत र पाकिस्तानले सागमा सहभागिता नजनाउने भएपछि नेपाली टिमलाई घरेलु भूमीमा हुने प्रतियोगितामा कम्तिमा काश्य जित्ने सुनौलो अवसर रहेको छ ।

दक्षिण एशियाली क्षेत्रमा सबै भन्दा बलियो टिम मानिने भारत र पाकिस्तान नआउने भएपछि श्रीलंका र बंगलादेश अब उपाधिको दावेदारका रुपमा हेरिएका छन । त्यसपछि यो क्षेत्रमा बलियो टिमका रुपमा नेपाल नै रहेको छ ।

माल्दिभ्स र भुटानको क्रिकेट अहिलेपनि निकै तल्लो स्तरमा हरेको छ । अब नेपालले खेल्ने खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भएपनि बाँकी दुई टिमलाई हराएर सेमिफाइनलमा स्वत पुग्नेछ । त्यो भनेको काश्य जित्ने पक्का जस्तै हो । यदि समुहबाट सेमिफाइनलमा कमजोर टिम विपक्षी परेमा नेपालले काश्य भन्दा माथिको पदक पनि हात पार्न सक्नेछ । तर त्यसका लागि नेपाली टिमले हरेक खेलमा राम्रो भने खेल्नुपर्ने हुन्छ ।

यस्तै अवस्था महिला टिममा पनि रहेको छ । टिमले यसपटकको सागमा कुनै न कुनै पदक जित्ने पक्का जस्तै छ । पुरुष टिमको जस्तै इक्वेसन महिला टिममा पनि रहेको छ । स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमलाई त्यो हासिल गर्न बंगलादेश र श्रीलंकाको चुनौती पन्छ्याउनु पर्नेछ ।
सागमा क्रिकेट दोस्रो पटक समावेश गरिएको हो ।

त्यसमा पनि भारत र पाकिस्तानले सुरक्षा र राजनितीक मनमुटावका कारण सहभागिता नजनाउने बताएपछि अब घरेलु मैदानमा हुने सागमा पदक चुम्ने सुनौलो अवसर रहेको छ ।

Post Add 1025X115
Loading...