सचिनले कीर्तिपुरमा च्यारिटी खेल खेल्ने

0

युनिसेफको श्वास्थ्य सम्बन्धित कार्यक्रमका नेपाल आउन लागेका सचिन तेन्दुलकरले कीर्तिपुरको मैदानमा च्यारिटी खेल खेल्ने भएका छन् ।

नोभेम्बर १६ मा नेपाल आउन लागेका सचिन तेन्दुलकरले कीर्तिपुरको मैदानमा च्यारिटी खेल खेल्ने बुझिएको छ ।

युनिसेफको सदभावना दूत रहेका सचिनको टिममा केहि स्कुलका विद्यार्थी रहनेछन् ।

यहि कार्यक्रमका लागि हाल भारतमा रहेका यू १९ टिमका प्रशिक्षक बिनोद कुमार दास नेपाल आउदै छन । उनि सम्मिलित टोलीले सचिनको टिमसँग खेल्ने बुझिएको छ ।

सचिन केही घण्टाका लागि नेपाल आउदै छन । बालबच्चालाई पौस्टिक चिजका बिषयमा सचेतना अभियान मा उनि समावेश गरिएका हुन् ।

Post Add 1025X115
Loading...