टी-१० क्रिकेट लिगमा पारसकाे खेल आज, सेटमा पर्ने प्रबल स‌‌म्भावना

0

युएईमा आजबाट सुरु हुने टी १० क्रिकेट लिगमा नेपालका पूर्व कप्तान पारस खड्काको टिम आबुधावीले पहिलो खेल खेल्नेछ ।

आबुधावीको शेखजायद क्रिकेट मैदानमा हुने खेल स्थानीय समय अनुसार राती नौ बजेबाट सुरु हुनेछ । समुह बी मा रहेको टिम आबुधावी र कलन्दर्स विचको खेलमा नेपाली खेलाडी पारस खड्का प्लेइङ सेटमा पर्ने प्रबल संभावना रहेको छ ।

पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा रहेका पारस दुई दिन अगाडी टिमको प्रशिक्षणमा समावेश भएका थिए । उनले यो प्रतियोगिताका लागि उत्साहित रहेको धारणा राखेका थिए ।

मोयन अली, युवराज सिंह रहेको टिमले साहिद अफ्रिदी, मोहम्मद हफिज जस्ता खेलाडी रहेको कलन्दर्स विचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Post Add 1025X115
Loading...