सागकालागि नेपाली क्रिकेट टोलीको घोषणा, रासिद पहिलो पटक टिममा

0

१३ औं दक्षिण एसियाली खेलकुदका लागि ज्ञानेन्द्र  मल्लको कप्तानीमा१५ सदस्सीय टिमको घोषणा गरेको छ ।

साग खेल्ने टिममा नियमित सदस्य शरद भेषवाकर र बसन्त रेग्मी अटाएका छैनन् । यस्तै युवा खेलाडी रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल वैकल्पिकमा परेका छन् ।

नेपाली टिममा राशिद खानले डेब्यु गरेका छन् ।नेपाली टिम हाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलिरहेको छ ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।प्रारम्भिक चरणमा बोलाईएको ३५ खेलाडीबाट साग टिमको घोषणा गरिएको हो ।

साग अन्तर्गत क्रिकेटमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल
पारस खड्का
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल
राशिद खान

Post Add 1025X115
Loading...