पेलेले भने ‘मेस्सी विश्वकै पूर्ण खेलाडी’

0

ब्राजिलियन फुटबल स्टार पेलेले लियोनल मेस्सीलाई फुटबल जगतको ‘पूर्ण खेलाडी’को संज्ञा दिएका छन् । साथै पेलेले मेस्सीलाई विश्वको २–३ उत्कृष्ट खेलाडीमध्ये एक भएको दावी पनि गरे ।

३ पटकको फिफा विश्वकप विजेता तथा सान्टोसका पूर्व फरवार्ड पेलेले बार्सिलोनाका लियोनल मेस्सी, युभेन्टसका क्रिष्टियानो रोनाल्डो तथा पीएसजीका नेयमारलाई विश्वको उत्कृष्ट खेलाडीको उपमा दिए ।

३२ वर्षीय मेस्सी तथा ३४ वर्षीय रोनाल्डो वर्तमान फुटबलको जगतमा निकै दबदबा राख्न सफल खेलाडी हुन् तर यी दुबै खेलाडी आआफ्नो करिअरको अन्त्यतिर छन् ।

त्यस्तै नेयमार विश्व फुटबलमा सबैभन्दा महंगो खेलाडीको रुपमा बार्सिलोनाबाट २०१७ को सिजनमा पीएसजीमा अनुबन्धित भएका थिए ।

वर्तमान समयका पूर्ण खेलाडीको रुपमा मेस्सी रहेको पेलेले बताए ।

‘मेस्सी उत्कृष्ट छन् । उनी स्किल, एसिस्ट,पासका साथै ड्रिबलका लागी पनि माहिर छन् । यदी हामी एउटै टिममा रहेर खेल्यौ भने बिरोधी खेलाडीहरुको आँखा दुई खेलाडीहरुमाथि मात्र पर्नेछ । मेस्सी साच्चै पुर्ण खेलाडी हुन्’ पेलेले भने ।
साथै ७९ वर्षीय पेलेले वर्तमान समयमा धेरै उत्कृष्ट खेलाडीहरु उत्पादन भएको भए पनि आफुले मेस्सी, रोनाल्डो र नेयमारलाई मात्र उत्कृष्ट देखेको बताए ।

साथै पेलेले नेयमारको बारेमा बोल्दै २०२२ को विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास ब्यक्त गरेका थिए ।

‘मलाई लाग्छ नेयमारले २०२२ को विश्वकपबाट आफुलाई प्रमाणित गर्नेछन् उनको स्वास्थ्य अवस्था निकै राम्रो छ’ उनले भने,

‘नेयमारको बारेमा नराम्रो टिप्पणी गरेको भए पनि उनी हामीले उत्पादन गरेको खेलाडी हो र हामी उनीबाट सँधै उत्कृष्ट प्रदर्शनको आशा गर्दछाँै । शारिरक रुपमा उनी रम्रो खेलाडी हुन् ।’

Post Add 1025X115
Loading...