बंगलादेशमा महिला भलिबल टोलीको शान (फोटो फिचर)

0

मुक्तिबाबु रेग्मी (बंगलादेश, ढाका) माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपाली राष्ट्रिय महिला भलिबल टोली सेन्ट्रल एसियन च्याम्पियन बनेको छ ।

पाँच देश सम्मिलित प्रतियोगितामा बंगलोदशको सहिद सूरुवार्दी इन्डोर कभर्डहलमा नेपालको शान पहिलो खेलदेखि नै सुरु भएको थियो । लिग चरणमा माल्दिभ्ससँगै सबै प्रतिस्पर्धीलाई सहज रुपमा पराजित गरी फाइनलमा पुगेको नेपालका लागि माल्दिभ्सबिरुद्धको खेल औपचारिकमा जस्तै थियो ।

भरिभराउ कभडर्हलमा स्थानीय समर्थकसमेत नेपालको पक्षमा हुटिङ गरिरहेका थिए । बंगलादेशमा रहेका नेपालीहरु पनि टिमको हौसला बढाउन कभर्डहल पुगेका थिए ।

नेपालले २५–१३, २५–१२ र २५–८ ले फाइनल आफ्नो पक्षमा पारेको हो । आजै तेस्रो स्थानका लागि भएको खेलमा किर्गिस्तानले घरेलु टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

नेपालकी स्पाइकर प्रतिभा माली उत्कृष्ट स्पाइकरसहित सर्बोत्कृष्ट खेलाडी चुनिइन् भने पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो बनिन् । बंगलादेशमा नेपाली राष्ट्रिय टोलीको सान हेर्नुस् तस्वीरमाः

Post Add 1025X115
Loading...