एट्लेटिकोमा ग्रिजम्यानको अभाव मेटाउँदै मोराटा

एट्लेटिको मड्रिडका अल्भारो मोराटा यस सिजन उच्च लयमा छन् । मोराटा यस सिजनको शुरुवाती खेलहरुमा नै ७ गोल गरिसकेका छन् ।
चेल्सिका पूर्व स्ट्राइकर मोराटाले एथ्लेटिक क्लब, एलाभास,सेभिल्ला र एस्प्यानयोलबिरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनसहित गोल गरेका हुन् ।
बायर लिभरकुसनबिरुद्ध होम र अवे दुबै खेलमा गोल गर्दै मोराटाले आफू फर्ममा रहेको सन्देश दिएका छन् । यस सिजन ७ गोल गरेका मोराटाले एट्लेटिकोका खेलाडी ग्रिजम्यानको अभाव पू्््रा गरेको छनक दिएका छने ।
ग्रिजम्यान गत सिजनको अन्त्यमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।
एट्लेटिको मड्रिड गएका केहि सिजनदेखि ग्रिजम्यानको प्रदर्शनमा निर्भर रहेको थियो । अहिले मोराटाले ग्रिजम्यानले भन्दा धेरै गोल गरेका छन् । ग्रिजम्यानले एट्लेटिकोमा पहिलो सिजनमा क्लबको २५ गोलमध्ये २ गोल गरेका थिए । उनले २०१६–०१७ को सिजनमा एट्लेटिकोका लागि १३ खेलमा २८ गोल गरेका थिए ।
डिएगो कोस्टा टिममा नहुँदा मोराटा टिमको नायक सावित भएका छन् । मोराटा र एन्जेल कोरेरा प्रशिक्षक डिएगो सिमोनले प्रसंसाको पात्र बनेका छन् ।