नाडलको एटिपी फाइनल्स आशा कायमै, सिट्सिपास सेमिफाइनलमा

0

शीर्ष वरियताका राफेल नाडलले एटिपी फाइनल्सको समूह चरणको दोस्रो खेलमा जित निकालेका छन् । पहिलो खेलमा जर्मन खेलाडी अलेसान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भएका नाडलले रसियन खेलाडी डेनियर मेद्भेदेभलाई २–१ को सेटमा हराए ।

लण्डनस्थित सेन्टर कोर्टमा भएको खेलमा नाडलले एक सेटले खेल गुमाएको अवस्थामा पछिल्ला दुई सेटमा कमब्याक गरेका थिए । पहिलो सेट ६–७(३–७) ले गुमाएका नाडलले दोस्रो सेटमा ६–३ को सहज जित निकाले । निर्णायक सेटमा नाडलले उत्कृष्ट कमब्याक गरेका थिए ।

५–१ ले पछि रहेको अवस्थामा नाडलले खेल ७–६ ले आफ्नो पक्षमा पारे ।

सेमिफाइनलमा स्थान बनाउनका लाथि नाडलले समूह चरणको अन्तिम खेलमा स्टेफानोस सिट्सिपासलाई हराउनु पर्नेछ ।

सिट्सिपास यसअघिका दुबै खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । समूहको दोस्रो खेलमा ग्रिक खेलाडी सिट्सिपासले डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभलाई ६–३ र ६–२ को सहज सोझो सेटमा हराए ।

Post Add 1025X115
Loading...