भारतबिरुद्ध नेपाललाई चौथो सफलता

0

भारतमा जारी च्यालेन्जर ट्रफि अन्र्तगत आज भारतको रेड टिमसँग खेलिरहेको छ ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले सातौं ओभरको पांचौ बलमा पहिलो सफलता हात पारेको हो । भारतको स्कोर ३९ हुदाँ नेपालका लागि आकाश चन्दले यस्सभि भुपेन्द्रलाई ब्यक्तिगत ३३ रनमा आउट गरेका हुन् ।

त्यसपछि भारतको स्कोर ५४ हुदँँ नेपाललाई अर्को सफलता मिलेको थियो । हरि बहादुर चौहानले नेपालका लागि दोस्रो विकेट लिएका हुन् । हरिले जय राजुभाईलाई व्यक्रिगत ७ रनमा प्याविलियनको बाटो देखाएका हुन् । २० औं ओभरमा नेपालले तेस्रो सफलता हात पार्‍यो । नेपालमा लागि शेर मल्लले नेपाललाई सफलता दिलाएका हुन् ।

मल्लले अर्जुन प्रसाद मुर्तीलाई व्यक्तिगत ११ रनमा आउट गरे । यो सँगै भारत २० ओभरमा ३ विकेटको गुमाउदै ९१ रन बनाएको थियो ।
भारतको चौथो विकेट २१ ओभरको दोस्रो बलमा ९३ रनको स्थितिमा गुमाएको हो । नेपाललाई लोकेस बमले साई भारद्वाज सुर्दशनलाई रन आउट गरेका थिए । सुर्दशन ६३ बलमा व्यक्तिगत ३४ रन बनाउँदै रन आउट भएका हुन ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पराजय भोगेको थियो । भारतको एल्लो टिमसँग १० विकेटको लज्जास्पत हार ब्यहोरेको थियो । प्रतियोगितामा भारतका रेड, ब्लू र एल्लो गरी तीन टिम खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

Post Add 1025X115
Loading...