भारत ‘रेड’ विरुद्ध टस जितेर नेपाल फिल्डिङमा, प्लेइङ सेटमा एक परिवर्तन

0

भारतमा जारी यू–१९ च्यालेञ्जर्सको दोस्रो खेलमा आज नेपालले भारती यू–१९ रेड टिमसँग प्रतिष्पर्धा गर्दैछ । बैंग्लोरस्थित राजिव गान्धी स्टेडियममा केही समयपछि सुरु हुन लागेको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा भारत यू–१९ एल्लो टिमसँग १० विकेटको भारी अन्तरले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउनका लागि आज जित अनिवार्य छ ।

पहिलो खेल खेलेका तिलक राज भण्डारीलाई आराम दिएर आज विशाल विक्रम केसीलाई पहिलो एघारमा राखिएको छ ।

रित गौतमको कप्तानीमा उत्रिएको नेपाली टिममा लोकेश बम, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विशाल विक्रम केसी, आकाश चन्द, प्रतिश जिसी, शेर मल्ल, सागर ढकाल र खडक बहादुर बोहरा खेल्दैछन् ।

Post Add 1025X115
Loading...