जोकोभिचलाई हराउँदै डोमिनिक थिम एटिपी फाइनल्सको सेमिफाइनलमा

0

अष्ट्रियन खेलाडी डोमिनिक थिम एटिपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दोस्रो वरियताका नोभाक जोकोभिचलाई २–१ को सेटमा स्तब्ध बनाउँदै थिम फाइनल्समा स्थान बनाउने पहिलो खेलाडी बने ।

पहिलो खेलमा रोजर फेडेररलाई हराएका थिमले जोकोभिचविरुद्धको खेलमा उत्कृष्ट कमब्याक गरेका थिए ।

पहिलो सेट ६–७ (५–७) ले गुमाएका थिमले दोस्रो सेटमा जोकोभिचविरुद्ध ६–३ को सहज जित निकाले । प्रतिष्पर्धात्मक तेस्रो सेटमा ७–६(७–५) ले विजयी भएपछि डोमिनिक थिमले अन्तिम चारको यात्रा पक्का पारे ।

थिमले यसअघि इटालियन खेलाडी माटेओ बेरेटिनी र रोजर फेडेररलाई हराएका थिए । यसअघि बेरेटिनीलाई हराएका फेडेरर र जोकोभिच दुबैको सेमिफाइनल पुग्ने सम्भावना अन्तिम लिग खेलले निर्धारण गर्नेछ ।

सेमिफाइनलमा पुग्नका लागि जोकोभिच र फेडेररबीच प्रतिष्पर्धा हुनेछ । जुन खेलको विजेता यस समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

Post Add 1025X115
Loading...