इमर्जिङ एसिया कपको ट्रफी सार्वजनिक

0

बङ्गलादेशमा हुने एसीसी इमर्जिङ एसिया कपको ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी भएका सबै टिमका कप्तानले सो ट्रफी सार्वजनिक गरेका हुन् ।

इमर्जिङ एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुनेछ । समुह बी मा नेपाल सहित बंगलादेश, भारत र हङकङ रहेका छन् । नेपालले पहिलो खेल भारतसँग कात्तिक २८ मा खेल्ने छ । त्यस्तै हङकङसँग कात्तिक ३० र बंगलादेशसँग मंसिर २ मा खेल्ने छ । बंगलादेशले कात्तिक २८ मा हङकङ र कात्तिक ३० मा भारतसँग खेल्ने छ ।

Post Add 1025X115
Loading...