नेपाली यू-१९ टिमले आज भारतकाे रेड टिमसँग खेल्दै

0

भारतमा जारी यू १९ च्यालेञ्जर्स कप क्रिकेटका लागि नेपालको युवा टिमले आज भारतको यू १९ रेड टिमसँग खेल्दैछ ।

पहिलो खेलमा भारतको एल्लो टिमसँग १० विकेटले हारेपछि निकै आलोचना भएको टिमले बलियो टिम रेड विरुद्ध कस्तो प्रदर्शन गर्छ त्यो भने हेर्न बाँकी छ । यू १९ को पनि ए टिमलाई लिएर भारत पुगेको नेपाली टिम पहेलो टिमसँग खराब ब्याटिङ गरेको थियो । मात्र ११४ रन बनाएको नेपालले बलिङमा पनि खासै राम्रो गर्न सकेन ।

भोलीको खेलमा नेपाली टिममा केहि परिवर्तन हुन सक्नेछ । विश्वकपका लागि टिम तयार पार्ने लक्ष्यका साथ यो प्रतियोगिता गरेको बीसीसीआइले रेड टिममा बलियो खेलाडीहरु राखेको छ । यू १९ मा रहेका राम्रा खेलाडीलाई समावेश गरेको भारतले नेपाल विरुद्ध सहज जितको अपेक्षा राखेको छ ।

Post Add 1025X115
Loading...