अन्तिम खेलमा एमसीसीद्वारा मुख्यमन्त्री–११ चार रनले पराजित

0

नेपालमा रहेको मेरिलिबोन क्रिकेट क्लबले भ्रमणको अन्तिम खेलमा जित हात पारेको छ । पोखरामा आज भएको अन्तिम खेलमा मुख्यमन्त्री–११ लाई चार रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा एमसीसीले दिएको १४३ रनको लक्ष्य पछ्याएको मुख्यमन्त्री–११ २० ओभरमा सात विकेटको क्षतिमा १३८ रनमा सिमित भयो ।

मुख्यमन्त्री–११ का लागि अनिल गुरुङले सर्बाधिक ४० रनको योगदान गरे । यस्तै विशाल पौडेलले २६ रन तथा गोविन्द प्रधानले २४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ एमसीसीका लागि एड योङले सर्बाधिक ४ विकेट लिएका थिए भने टम वेस्लीले दुई र माइल्स हामान्डले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । उसका लागि यासिरि अराफातले ५६ रनको योगदान दिए। । यस्तै टिमका लागि विल भान्डर्सपार र एड योङले समान २०–२० रनको योगदान गर्दा ओलिभरले १७ रन जोडे ।

बलिङतर्फ विशाल पौडेल, अमृत गुरुङ, सुवास भण्डारी, किशोर महतो र विपिन खत्रीले समान १–१ लिए ।

Post Add 1025X115
Loading...