पारसले सुरु गरे आबुधाबी टिमसँग प्रशिक्षण

0

नेप्लेज, २५ कात्तिक । क्रिकेटको पछिल्लो फर्म्याट टी-१० प्रतियोगिता खेल्न तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले टिमसँग प्रशिक्षण गरेका छन् ।

राष्ट्रिय टोलीको जिम्मेबारीबाट केहि समयका लागि बिश्राम लिएका उनी पहिलोपल्ट बिदेशी फ्रेन्चाइज लिग खेल्दैछन् ।

यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले मात्र बिदेशी लिगमा अवसर पाएका थिए । पारसले टी-१० को ड्राफ्टमार्फत टिम आबुधावीमा अनुबन्धित भएका हुन् । उनले १० हजार डलर पारिश्रमिक पाउनेछन् ।
टी(१० क्रिकेट प्रतियोगिता कात्तिक २९ देखि मंसिर ८ गतेसम्म आयोजना हुँदैछ । अर्का नेपाली स्टार सन्दीप लामिछानेले भने कर्नाटका टस्कर्स टिमबाट टी-१० लिग खेल्नेछन् ।

Post Add 1025X115
Loading...