‘मेस्सीको टिमसँग खेल्नु गर्वको कुरा हो’–ब्राजिलियन कप्तान सिल्भा

0

ब्राजिलका कप्तान थिएगो सिल्भाले शुक्रबार हुने अर्जेन्टिनासँगको मैत्रीपुर्ण खेललाई कडा टक्करको रुपमा लिएका छैनन् । सिल्भाले अर्जेन्टिना र मेससीको बिरुद्धमा खेल्नु गर्वको विषय भएको बताएका छन् ।

मेस्सी ३ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । उनी कोपा अमेरिकामा आयोजक समितिलाई भ्रष्टचार आरोप लगाएका कारण ३ महिनाको प्रतिबन्धमा परेका थिए । सेमि फाइनलमा ब्राजिलसँग २–० ले पराजित भएपछि मेस्सीले आयोजकलाई उक्त आरोप लगाएका थिए ।

मेस्सी तिन महिनापछि टिममा फर्किएका छन् र उनले सम्भवत साउदि अरेबियाबिरुद्धको मैत्रीपुर्ण खेल खेल्नेछन् । जबकि सिल्भाले मेस्सीको आगमनमा डर पैदा नभइकन गर्वको महसुस हुने बताएका छन् ।

‘हामीहरु आतिएका छैनौ तर हामीहरु अर्जेन्टिना र मेस्सीसँग खेल्न पाउनुमा गर्व महसुस गरिरहेका छौ’ सिल्भाले भने ।

‘अर्जेन्टिनासँग उनिहरुको स्टार खेलाडी मेस्सी छन् तर हामीसँग हाम्रा नेयमार छैनन् तरपनि हामीले कोपा अमेरिकको दौरान देखाइसक्यौ कि ब्राजिल कस्तो टिम हो भनेर’ उनले भने ।

साथै सिल्भाले ब्राजिल र अर्जेन्टिनाबिचको खेल सँधै उत्कृष्ट हुने पनि बताएका थिए । उनले जित्ने मौका पचास प्रतिशत मात्र रहेको र आफुहरुले अर्जेन्टिनाको टिमबाट सँधै राम्रो पाठ सिक्ने गरेको बताएका छन् ।

Post Add 1025X115
Loading...