आफ्नै राष्ट्रिय टिमको खेलाडीसँगको झगडापछि स्टारलिंग इंग्ल्यान्डको टिमबाट बाहिर

0

आफ्नै राष्ट्रिय टिमका खेलाडी जोइ गोमेजसँगको झगडापछि रहीम स्टर्लिँगलाई इंल्यान्डको टिमबाट बाहिर निकालिएको छ । युरोकप छनोटका लागि मोन्टेनेग्रो बिरुद्धको खेलका लागि उनी टिममा परेका छैनन् ।

लिभरपुलले एन्फील्डमा सिटीलाई हराए पछि २४ बर्षे लिभरपुलका डिफेन्डर गोमेजसँग स्टारलिंगको झगडा भएको थियो ।
म्यान्चेस्टर सिटीलाई तीन गोलले पराजित गर्दै डिफेन्डिंङ च्याम्पियन लिभरपुल ९ अंकको अग्रता लिन सफल भयो । खेलको अन्त्यतिर रहिम स्टर्लिँगले गोमेजको शरिरमा टेकेर हिर्काएको देखिन्थ्यो । त्यसपछि गोमेजले धकेल्दै प्रतिक्रिया देखाएको थियो ।

रहिम स्टर्लिँगलाई मोन्टेनेग्राको सामना गर्न इंल्यान्ड टीमबाट बाहिर राखिएको छ । डेली मेलका अनुसार लिभरपुलका डिफेन्डरले राम्रो व्यबहार गरेपनि ंस्टारलिंगले इंगल्यान्डको क्यान्टिनमा जो गेमेजको घाँटीमा समातेका थिए ।

इंल्यान्डका बाँकी खेलाडीहरु जसले स्टर्लिँगलाई ठट्टाको भावले हेरेका थिए तर दुई जनाले आपmनो नियन्त्रण गुमाए भन्ने कुरा निकै पछि मात्र थाहा भयो । सबैले मजाक गरिरहेको ठान्दै थिए थिए । तर बास्तबिक कुरा पछि मात्र थाहा भयो ।

रहीम स्टर्लिँगले गोमेजसँग माफी मागेका छन् राहीम स्टर्लिँग आइतबार कोसोभोकोबिरुद्ध इंल्यान्डको यूरो क्वालिफायरमा आफ्नो विचार राख्नका लागि तयार भएका छन् ।

Post Add 1025X115
Loading...