रास्फर्डले गरे उत्कृष्ट प्रदर्शन, युनाइटेडद्धारा रोनाल्डोसँग तुलना

0

मार्कस रास्फोर्ड म्यानचेस्टर युनाइटेडमा फर्ममा रहेका छन् । उनले नयाँ सिजनको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । रास्फोर्डलाई अहिले म्यानचेस्टर युनाइटेडमा क्रिटियानो रोनाडोसँग तुलना गर्न थालिएको छ । जबकि रोनाल्डोले युनाइटेडका लागि १८७ खेलहरु खेलेका छन् ।

इंग्ल्यान्डका रास्फोर्डले युनाइटेडका लागि ५४ गोल गरेका छन् । जबकि रोनाल्डोले समान खेलमा युनाइटेडका लागि ४९ गोल गरेका थिए । रास्फार्डले युनाइटेडका लागि २२ वर्ष ७ दिनमा ५४ गोल गरेका छन् भने रोनाल्डोले २२ वर्ष २ महिना २६ दिनमा ४९ गोल गरेका थिए ।
रास्फोर्डले लुइस भान गालको अनुरोधमा युनाइटेडमा डेब्यु गरेका थिए ।

‘रास्फोर्ड एमदमै उत्कृष्ट खेलाडाी हुन् जस्ले मेरो अनुरोधमा युनाइटेडमा डेब्यु गरेका थिए’ भान गालले भने ।

युनाइटेडमा आएदेखि रास्फोर्डले १४१४ मिनेटमा आठौ गोल गरेका थिए । तर जोस मोरिन्होले युनाइटेड छाडेपछि रास्फोर्डले खेल्ने मौकाहरु कम पाएका थिए । जाल्टन र रोमेलु लुकाकुलाई युनइटेडले अनुबन्धित गरेपछि उनले झनै खेल्ने मौका पाएनन् ।
उनले तिन सिजनमा २०१६–१७ मा १३ र २०१७–१८ मा पनि १३ गोल गरेका थिए । तर यस सिजन उनले केही खेलहरुमा नै ९ गोल गरिसकेका छन् ।

युनाइटेडले चेल्सीलाई पराजित गर्दै काराबाओ कप जित्दा रास्फोर्डले उत्कृष्ट फ्रि किक गोल गरेका थिए । जुन गोललाई फ्रन्क लाम्पार्डको चेल्सीले रोनाल्डोको फ्रि किकसँग तुलना गरेको थियो ।

‘त्यो फ्रि किक क्रिस्टियानो रोनाल्डोको जस्तै थियो’ ओल गुनर सोल्स्कजाएरले खेलपछि भनेका थिए ।

Post Add 1025X115
Loading...