बार्सिलोनाका अध्यक्ष जोसेपले गरे मेस्सीलाई पेलेसँग तुलना

0

बार्सिलोनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोनासँग आफ्नो सम्झौताको अन्त्यमा रहेका छन् । यस्तैमा मेस्सीले आफ्नो पुरै करियर नोउ क्याम्पमै बिताउने चर्चा पनि सुन्ने गरेको छ ।

बार्सिलोना र मेस्सीको सम्झौता अर्को जुनमा सकिदैछ । बार्सिलोनाले मेस्सीलाई अर्को सिजनसम्म नोउ क्याम्पमा राख्न सक्नेछ । मेस्सीले आफ्नो भविष्यको निर्णय लिने अधिकार भएको भन्दै बार्सिलोनाले मेस्सीको जवाफको प्रतिक्षा गरिरहेको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भने मेस्सीलाई जिवनभर बार्सिलोनामै राख्न चाहेको बताएका छन् ।

‘मेस्सीले आफु मजबुत छु र सहि निर्णय लिन सक्छु भन्ने सोच राख्छ भने उनी जिवनभर यहीँ रहन सक्दछन्’ जोसेपले भने ।

‘मैले सँधै मेस्सीलाई पेलेसँग तुलना गर्दै आइरहेको छु किनकी पेलेले पनि जिवनभर एउटै क्लबबाट खेले’ जोसेपले भने ।

साथै जोसेपले मेस्सीले ढिलो चाँडो बार्सिलोनामा जिवनभर रहने निष्कर्ष निकाल्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

Post Add 1025X115
Loading...