बेन्जिमा रियल मड्रिडको नायक,मेस्सी र रोनाल्डोको भन्दा राम्रो प्रदर्शन

0

रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा यस सिजन फर्ममा रहेका छन् । गत एइबर बिरुद्धको खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । बेन्जिमालाई रियलले रोनाल्डोको स्थान लिन सक्ने खेलाडीको रुपमा लिएको बताउादै आएको छ ।

रियल मड्रिडका ३१ वर्षिय बेन्जिमाको जादु चल्न सक्ने अर्को खेलका रुपमा रियल सोसाइडेड रहेको छ । बेन्जिमाले यस सिजनमा ११ गोल गरेका छन् । रियल भाल्लाडोलिडबिरुद्धको खेलमा मात्र बेन्जिमाले गोल गर्न सकेनन् ।

‘गत सिजनमा एक खेलाडी मात्र हामीले सोचेजस्तो स्थानमा रहेको पायँौ, त्यो करिम बेन्जिमा थियो’ रियल मड्रिडले नयाँ सिजनको शुरुवातमा भनेको थियो ।

बेन्जिमाले रोनाल्डोले क्लब छाडेपछि र गेरेथ बेलले लगातार खराब प्रदर्शन गरेपनि आफ्नो लय भने बिर्सेका छैनन् । बेन्जिमाले गत सिजनमा ३० गोल गरेका थिए । उनले २०११–१२ को सिजनमा सर्बाधिक ३२ गोल गरेका थिए ।

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले २०१८ मा युरोप छाडेदेखि ३ जना खेलाडीले मात्र बेन्जिमाले भन्दा धेरै गोल गरेका छन् । रोबर्ट लेवानोडोस्कि(६३), लियोनल मेस्सी(६०), र किलियन एम्बाप्पेले(४७) गोल गरेका छन् ।

जिनेदिन जिदान मार्चमा रियलको प्रशिक्षकका रुपमा फर्किएदेखि बेन्जिमाले २०९२ मिनेट खेलेका छन् । जबकि राफेल भारने र क्यासिमीरोले २०७० र १९२० मिनेट खेलेका छन् ।

बेन्जिमाले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रियलका प्रशिक्षक जिदानको रोजाइको खेलाडी भएका कारण बेन्जिमामाथि दबाब पनि कम रहेको छ ।

Post Add 1025X115
Loading...