एटिपी फाइनल्सको पहिलो खेलमा नाडल पराजित

0

शीर्ष वरियताका राफेल नाडल एटिपी फाइनल्सको पहिलो नै पराजित भएका छन् ।

स्पेनिस खेलाडी नाडल डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भए ।

यो पराजयसँगै नाडल यो वर्ष वरियता क्रमको दोस्रो स्थानमा झर्ने पक्का भएको छ । पेरिस मास्टर्सको सेमिफाइनलअघि पेटमा समस्या आएपछि नाडलले खेल त्यागेका थिए । इन्ज्युरीपछि एटिपी फाइनल्स खेलेका नाडल भेरेभसँग ६–२ र ६–४ को सोझो सेटमा पराजित भए ।

त्यसपछि छैटौं वरियताका स्टेफानो सिटसिपासले डेनिल मेद्भेदेभलाई २–० कै सेटमा पाखा लगाए ।
२१ वर्षे ग्रिक खेलाडी सिट्सिपासले ओ२ एरेनामा भएको खेलमा रसियाका मेद्भेदेभलाई ७–६(७–५) र ६–४ को सेटमा पाखा लगाए ।

नाडलको यो पराजयपश्चात दोस्रो वरियताका नोभाक जोकोभिच शीर्ष स्थानमा उक्नि सक्ने सम्भावना बढेको छ ।

टेनिसको वरियताक्रम अर्को साता सार्वजनिक हुनेछ ।

Post Add 1025X115
Loading...