चीनमा जारी बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली यू-१९ टिम थाइल्याण्डसँग २९ रनले पराजित भएको छ ।
सांघाईमा भएकाे खेलमा पहिले ब्याटिङ गरेकाे थाइल्याण्डले ९१ रन बनाएकाे थियाे । पछिल्लाे पटक एसाेसियन क्रिकेटमा बलियाे हुँदै आएकाे थाइल्याण्ड विरुद्द नेपालले बलिङ राम्राे गरेपनि ब्याटिङमा भने चुक्न पुग्याे ।
९२ रनकाे लक्ष्य पक्ष्याएकाे नेपाल मात्र ६२ रनमा अलआउट भयाे । नेपालका २ खेलाडीले मात्र दाेहाेराे अङ्क जाेड्न सके । याे हारपछि नेपालले दाेस्राे खेलमा घरेलु टिम चीनसँग खेल्नेछ ।