पाेखरा-११ विरुद्द एमसीसीकाे सहज जित

0

मेरिलिबोन क्रिकेट क्लबले  पोखरामा खेलेको पहिलो खेलमा स्थानीय टिम पोखरा-११ लाई ४२ रनले पराजित गरेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेकाे एमसीसीले १६२ रन बनायाे । एमसीसीले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो।

एमसीसीको लागि यासिर अराफातले सर्वाधिक ३९ रन बनाए। उनले २४ बलमा ४ छक्का र १ चौका प्रहार गरे। यस्तै जिम्मी एडम्सले १२ बलमा २९, रिचार्ड ग्रेटोरेक्सले १७ बलमा २१ तथा ओलिभर हानोनले १० बलमा २१ रन बनाए।

पोखरा-११ को बलिङ्गमा अमृत गुरुङ र गोभिन्द प्रधान समान ३ – ३ विकेट लिए।

एक सय ६३ रनको लक्ष्य पछ्याएको पोखरा-११ ले २० ओभरमा ८ विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो।

पोखर-११ को लागि दिपेश खत्रीले सर्वाधिक अविजित ४५ रन बनाए। खत्रीले ३० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

कप्तान गोभिन्द प्रधानले २९ , अनिल गुरुङले १६ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। एमसीसीका लागि बलिङ्गमा माइल्स ह्यामन्ड, विल रोड्स र एड योङ्गले समान २-२ विकेट लिए।

Post Add 1025X115
Loading...