एन्टी डाेपिङ काेर्स सुरु

0

१३औं दक्षिण एशियाली खेलकूदलाई मध्य नजर गर्दै नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकूद परिषद, रिजनल एण्टि डोपिङ्ग अर्गनाईजेशन, कोरियन एण्टि डोपिङ्ग एजेन्सि र वल्र्ड एण्टि डोपिङ्ग एजेन्सिको संयुक्त आयोजनामा आज बाट दुई दिने सा राडो कोर्स सुरु भएको छ ।

नेपालमा एण्टी डोपिङका दक्ष प्राविधिक उत्पादनको लागि यो कार्यक्रम गरिएको छ । यसमा बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्स, लगायत नेपाल गरी १५ जना प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विश्व एन्टी डोपिङ एजेन्सीका विज्ञ श्री योको, कोरियन एण्टि डोपिङ्ग ऐजेन्सिबाट विज्ञ. श्री यु जिन होङ्ग, सा राडो बाट मेनेजर श्री हुसेन र तेस्तै डा.देबशिष चौधरी बंगलादेश, डा.किपचु छिरिङ्ग भुटान, डा. अली शाहिद मोहम्मद मालदिभ्स, डा. अनीर होउदानी श्रीलंका र नेपालबाट डा.सन्ध्या प्याकुरेल, डा.सुजानी श्रेष्ठ, डा. पुनम पाठक, डा.शंकर प्रताप सिंह, डा.सरोज कृष्ण श्रेष्ठ, डा. ज्ञानेन्द्र शाह, डा. सुसन वैद्य, डा.पदम बहादुर खड्का, र डा.समाज गौतमको उपस्थिती रहेको थियो ।

Post Add 1025X115
Loading...