इण्डोनेसिया लिगमा पर्सिजाको फराकिलो जित

0

इण्डोनेसियाको शीर्ष डिभिजनको लिगमा रोहित चन्दको टिम पर्सिजा जाकार्ताले फराकिलो जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा पर्सिजाले लिगको चौथो स्थानमा रहेको बोर्नेओलाई ४–० गोलको भारी अन्तरले हरायो । जितसँगै पर्सिजा १२औं स्थानमा उक्लिएको छ । यसले २६ खेलबाट ३१ अंक बनाएको छ । बोर्नेओलाई खेल भरी नै दबाबमा राख्न सफल पर्सिजाका लागि क्रोएसियन खेलाडी मार्को सिमिचले चार गोल गरे ।

खेलको २०औं मिनेटमा सिमिचले पर्सिजालाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा पाएको पेनाल्टीलाई सिमिचले नै गोलमा परिणत गर्दा पहिलो हाफअघि पर्सिजाले २–० को अग्रता लियो । ५०औं मिनेटमा सिमिचले ह्याट्रिक पूरा गर्दा पर्सिजाले ३–० को अग्रता लिएको थियो । ६०औं मिनेटमा बोर्नेओले पेनाल्टीमार्फत एक गोल फर्कायो ।

तर, त्यसको ६ मिनेपछि सिमिचले चौथो गोल गर्दै पर्सिजालाई ४–१ को अग्रता दिलाए । त्यसको तीन मिनेपछि फेरी बोर्नेओले गोल फर्कायो । बाँकी समयमा थप गोल हुन नसक्दा पर्सिजाले महत्वपूर्ण जित हात पार्यो ।

इण्डोनेसियाको लिग वनमा बाली युनाइटेड ५७ अंक सहित शीर्ष स्थानमा छ भने मादुरा युनाइेड ४४ अंक सहित दोस्रो स्थानमा छ । यो पराजयका कारण बोर्नेओ दोस्रो स्थानमा उक्लिनबाट चुकेको छ ।

Post Add 1025X115
Loading...