टि–२० वरियता क्रममा नेपाल एक स्थान माथि उक्लियो

0
 अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टि–२० वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
अघिल्लो महिनाको वरियता क्रममा दुई स्थान तल झर्दै १३औं स्थानमा पुगेको नेपाल यो महिनाको वरियता क्रममा १२औं स्थानमा उक्लिएको छ ।
नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र युएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने युएई १५औं स्थानमा पुगेको छ । यसअघि युएई १२औं स्थानमा थियो ।
वरियता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् ।
यस्तै न्यूजिल्याण्ड छैटौं, श्रीलंका सातौं, अफगानिस्तान आठौं, बंगलादेश नवौं, वेष्ट इण्डिज १०औं र जिम्बाबे एघारौं स्थानमा छन् ।

 

Post Add 1025X115
Loading...