प्रिमियर लिग उपाधि दाबेदार लिभरपुल नै हो–मोरिन्हो

0

म्यानचेस्टर युनाइटेड तथा चेल्सीका पुर्व प्रशिक्षक जोसे मोरिन्होले लिभरपुलले ३० वर्षपछि पहिलो प्रिमियर लिगको उपाधि जित्ने विश्वास ब्यक्त गरेका छन् ।

लिभरपुलले तीन दशकको इंग्लीस प्रिमियर लिग उपाधि पर्खाइ समाप्त गर्नेमा आफु बिश्वस्त रहेको पोर्चुगिज प्रशिक्षक मोउरिन्होले बताए । प्रिमियर लिगको डिफेनिडङ च्याम्पियन म्यान्चेष्टर सिटीलाई हराएर लिभरपुलले आठ अंकको अग्रता लिइसकेको छ । म्यान्चेष्टर युनाइटेडपछि लिभरपुल प्रिमियर लिगको सर्वाधिक सफल टिम हो ।

म्यान्चेष्टर युनाइटेडले २० वटा प्रिमियर लिग उपाधि जितेको छ । १९८९ –९० को सिजनमा अन्तिम पटक उपाधि जितेदेखि प्रिमियर लिग उपाधि जित्न सकेको छैन । लिभरपुल भने १८ पटक च्याम्पियन बनेको छ । यो सिजन लिभरपुलले एउटा खेल पनि होरेको छैन । १२औं चरण सकिँदा लिभरपुलले ११ जित र एक बराबरीको नतिजा आत्मसाथ गरेको छ ।

चेल्सीको प्रशिक्षकका रुपमा तीन पटक प्रिमियर लिग जितिसकेका जोस मोरिन्होले यस सिजनको प्रिमियर लिग विजेताको भविष्यवाणी गरेका छन् । र् ‘इन्ज्युरीले नसताए लिभरपुलले उपाधि जित्ने पक्का छ किनकी लिभरपुलको टिम अहिले पुर्ण रुपमा लयमा रहेको छ’ मोरिन्होले भने ।

Post Add 1025X115
Loading...