मेस्सी फर्कदा रोजो र पेरेरा अर्जेन्टिनाको टिम बाहिर

0

अर्जेन्टिनाका खेलाडी मार्कस रोजो र रोबेर्टो पेरेराले ब्राजिल उरुग्वेबिरुद्धको मैत्रीपुर्ण खेल नखेल्ने भएका छन् ।

लियोनल मेस्सी ३ महिनापछि अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । मेस्सी टिममा फर्किएका बेला डिफेन्डर रोजो र मिडफिल्डर पेरेरा भने टिम बाहिर रहने भएका छन् ।

म्यानचेस्टर युनाइटेडबाट खेल्दै आएका रोजो आइतबारको म्यानचेस्टर युनाइटेड र ब्रिग्टोनबिचको खेलमा घाइते भएका हुन् । त्यस्तै पेरेरा ट्राफेर्डको खेलमा गम्भिर घाइते भएको बताइएको छ ।

अर्जेन्टिना तथा बार्सिलोनाक कप्तान लियोनल मेस्सी तिन महिना पछि अर्जेन्टिनाको टिममा फर्कन लागेका हुन् ।

मेस्सीले गत कोपा अमेरिकाको सेमि फाइनलमा ब्राजिलसँग पराजित भएपछि कोपा अमेरिकाको प्रतियोगिता समितीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । र त्यसका लागि मेस्सीलाई तिन महिना राष्ट्रिय टिमबाट खेल्न प्रतिबन्ध लगाइएको थियो । साथै उनलाई ५० हजार अमेरिकी डलर जरिवाना गरिएको थियो ।

मेस्सीले ३ महिनामा इक्वेडर,मेक्सिको,चिली र जर्मनीबिरुद्धको मैत्रीपुर्ण खेलहरु गुमाएका थिए । तर ब्राजिर र उरुग्वेबिरुद्धको खेलमा भने मेस्सी अर्जेन्टिनाको टिमबाट खेल्नेछन् ।

Post Add 1025X115
Loading...