एटिपी फाइनल्समा फेडेरर डोमिनिक थिमसँग पराजित, जोकोभिचको विजयी सुरुवात

0

शीर्ष वरियताका सर्वियन खेलाडी नोभाक जोकोभिच एटिपी फाइनल्सको पहिलो खेलमा विजयी भएका छन् ।

जोकोभिचले आफ्नो उत्कृष्ट लय कायम राख्दै पहिलो खेलमा इटालीका माटेओ बेरेटिनीलाई २–० को सोझो सेटमा हराए । यो वर्ष नम्बर एकमा अन्त्य गर्ने लक्ष्यमा रहेका जोकोभिचले बेरेटिनीलाई ६–२ र ६–१ को सेटमा हराए ।

लण्डनको ओ२ एरेनामा फेडेररलाई अष्ट्रियाका डोमिनिक थिमले सोझो सेटमा नै हराए । वरियता क्रमको तेस्रो स्थानमा रहेका फेडेरर पाँचौं वरियताका थिमसँग ७–५ र ७–५ को सेटमा पराजित हुन पुगे ।

२० पटकका ग्राण्डस्लाम च्याम्पियन फेडेरर अघिल्लो वर्षको एटिपी फाइनल्सको पहिलो खेलमा पनि पराजित भएका थिए ।

Post Add 1025X115
Loading...