टी-१० क्रिकेट खेल्न पारस युएई जाँदै

0

नेप्लेज, २५ कात्तिक । क्रिकेटको पछिल्लो फर्म्याट टी-१० प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सोमबार युएई जाँदैछन् ।

राष्ट्रिय टोलीको जिम्मेबारीबाट केहि समयका लागि बिश्राम लिएका उनी पहिलोपल्ट बिदेशी फ्रेन्चाइज लिग खेल्दैछन् ।

यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले मात्र बिदेशी लिगमा अवसर पाएका थिए । पारसले टी-१० को ड्राफ्टमार्फत टिम आबुधावीमा अनुबन्धित भएका हुन् । उनले १० हजार डलर पारिश्रमिक पाउनेछन् ।

टी-१० क्रिकेट प्रतियोगिता कात्तिक २९ देखि मंसिर ८ गतेसम्म आयोजना हुँदैछ । अर्का नेपाली स्टार सन्दीप लामिछानेले भने कर्नाटका टस्कर्स टिमबाट टी-१० लिग खेल्नेछन् ।

टी-१० लिगमा ८ टिमको सहभागिता छ र उनीहरुलाई २ समूहमा विभाजन गरिएको छ । समूह बी मा रहेको पारसको टिम आबुधावीले कात्तिक २९ गते क्वालान्दर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए मा रहेको सन्दीपको टिम कर्नाटकाले भने कात्तिक ३० मा दिल्ली बुल्ससँग आफ्नो पहिलो खेल खेल्नेछ ।

Post Add 1025X115
Loading...