स्पानाेयलमाथि एट्लेटिकाेकाे सहज जित

0

स्पेनीस ला लिगामा एट्लेटिको मड्रिडले स्पानोयललाई तीन एकले हराएको छ । जितसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले स्पानोयलको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको ३८ औं मिनेटमा दारदेरले गोल गर्दै स्पानोयलले अग्रता बनाएको थियो ।

तर खेलको पहिलो हाफको पहिलो मिनेटमा एट्लेटिकोले गोल गर्दै खेल बराबरीमा पुर्यो । उसका लागि कोरीयाले गोल गरेका थिए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा एट्लेटिकोले खेलमा अग्रता बनायो । उसका लागि मोराटाले गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा कोकीको गोलमा एट्लेटिकोले तीन एकको जित निकाल्यो । उनले डिएगो कोस्टाको पासमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले १३ खेलमा२४ अंकका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Post Add 1025X115
Loading...