इपीएलमा युनाइटेडकाे चाैथाे जित

0

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइेटेडले चौथो जित निकालेको छ । आज भएको खेलमा युनाइटेडले ब्राइटोनलाई तीन एकले हरायो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइेटडको जितमा एन्द्रियस पिरेइरा, र रासफोर्डले एक गोल गरे भने एक गोल उपहार पाएको थियो । ब्राइटोनका लागि डुंकले एक गोल फर्काएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

खेलको १७ औं मिनेटमा आन्द्रेइसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि प्रोपेरले आत्मघाती गोल गरेपछि युनाइटेडले दुई शुन्यको अग्रता बनायो । पहिलो हाफमा दुई शुन्यले अगाडी रहेको युनाइटेड विरुद्ध ६४ औं मिनेटमा डुंकले गोल गर्दै अन्तर दुई एकमा झारेका थिए ।

तर ६६ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई तीन एकको जित दिलाए । यो जितसँगै युनाइटेडले १२ खेलमा १६ अंक बनाएको छ ।

Post Add 1025X115
Loading...