बार्सिलोनाका पुर्व प्रशिक्षक लुइस एन्रिकलाई ल्याउन आर्सनलले थाल्यो प्रकृया

0

आर्सेनलको लगातार चौथो प्रिमियर लिगको खेलमा पराजित भएको सँगै प्रशिक्षक उनाई एम्रिमाथि दबाब बढेको बताइएको छ ।

शनिवार भएको खेलमा लेस्टर सिटिसँग २–० को हारले प्रशिक्षक उनाई एम्रीको कार्यकालको अन्त्य हुनसक्ने देखिएको छ । ।
सञ्चार माध्यमका अनुसार आर्सनलले बार्सिलोनाका पुवै प्रशिक्षक लुइस एन्रिकसँग वार्तको लागि सम्पर्क गरेको बताइएको छ ।

किक मारिनका अनुसार आर्सेनलका फुटबल प्रमुख राउल सान्लेही लुइसले एनर्किलाई एम्रीको ठाउँमा मुख्य प्रशिक्षक राख्न आर्सनल सकारात्मक रहेको बताए ।

बार्सिलोना र रोमाका प्रशिक्षक एन्रिकले जुनमा अफ्नो युवा छोरी जाना को असामयिक मृत्यु हुनुभन्दा दुई महिना पहिले, व्यक्तिगत कारणले स्पेनको मुख्य प्रशिक्षकको पद छोडे पछि अहिले फुटबल बाहिर छ ।

आर्सनलको लगातार खराब प्रदर्शनपछि आर्सनले एम्रिको स्थानम लुइस एन्रिकलाई ल्याउन सक्ने सम्भावना बढेको बताइएको छ ।

Post Add 1025X115
Loading...