अफगानिस्तानबिरुद्धको दोस्रो एकदिवशीयमा वेष्ट इन्डिज ४७ रनले विजयी

0

नेप्लेज, २४ कात्तिक । अफगानिस्तानबिरुद्धको दोस्रो एकदिवशीय खेलमा वेष्ट इन्डिजले ४७ रनको विजय हासिल गरेको छ । पहिलो खेल पनि जितेको क्यारेवियन टोलीले तीन एकदिवशीय शृंखलामा आफ्नो पक्षमा समेत पारेको छ ।

भारतको लखनउमा भएको खेलमा मध्यक्रमका निकोलास पूरनको अर्धशतकीय पारीको मद्धतमा टस हारेर पहिले ब्याटिंग गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रनको योगफल खडा गरेको थियो ।

पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७ चौका र ३ छक्का प्रहार गरे । उनका अलावा ओपनर इभिन लेभिसले पनि ५४ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर साइ होपले ४३ रन बनाए ।

यी दुईले पहिलो विकेटका लागि ९८ रनको सानदार साझेदारीसमेत गरेका थिए । धर्मराएको मध्यक्रमलाई संहालेका पूरन खेलको म्यान अफ द म्याचसमेत बने । अफगानिस्तानका नवीन उल हकले ३ विकेट लिए ।

जवाफमा अफगानिस्तान ४५.४ ओभरमा २ सय रनमै समेटियो । उसका लागि मध्यक्रममा नाजिमुल्लाह जदरानले ५६ रनको सानदार अर्धशतकीय पारी खेले पनि अन्यले उनलाई साथ दिएनन् । रहमत साहले ३३ र मोहम्मद नावीले ३२ रन जोडेका थिए ।

अफगानिस्तानको पारी कमजोर बनाउन वेष्ट इण्डिजका सेल्डन कोट्रेल, जेसन होल्डर र हेडन वाल्सले समान ३/३ विकेट लिए । तेस्रो एकदिवशीय खेल सोमबार हुनेछ ।

Post Add 1025X115
Loading...