लाम्पार्डको प्रशिक्षणमा चेल्सीको प्रभावशाली जित

0

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० ले हराउँदै चेल्सी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीलाई जित दिलाउनका लागि टोबी अब्राहम र क्रिष्टियन पुलिसिचले एक एक गोल गरे । फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीको यो लगातार छैटौं जित हो ।

पहिलो हाफ गोलरहित बनेको खेलको ५२औं मिनेटमा टोबी अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । अब्राहमको यो सिजनको दशौं गोल हो । ७८औं मिनेटमा क्रिष्टियन पुलिसिचले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे । स्ट्याम्फर्ड ब्रिजमा पहिलो गोल गरेको अमेरिकी युवा स्टार पुलिसिचको तीन खेलमा पाँचौं गोल हो ।

जितसँगै चेल्सीले २६ अंक बनाएको छ । क्रिष्टल प्यालेस भने १५ अंक सहित नवौं स्थानमा छ ।

Post Add 1025X115
Loading...