नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज पूर्वाञ्चल गोल्डकपको फाइनलमा

0
काठमाडौंको चर्च ब्वाइज झापामा जारी पूर्वाञ्चल गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइजले त्रिपूवन आर्मी क्लबसँगको भिडन्त तय गरेको हो । आर्मीले पहिलो सेमिफाइनलमा सिक्किम आक्रामक क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।
झापाको डोमलाल राजवंशी रंगशालामा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउनका लागि सुनिल खड्काको पहिलो हाफको गोल निर्णायक बन्यो । प्रतिष्पर्धात्मक खेलको २६औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । त्यसअघि नेपाल पुलिस क्लबले पेनाल्टीको अवसर खेर फालेको थियो । २३औं मिनेटमा विष्णु सुनुवारले सुमन लामालाई डिबक्सभित्र लगाएपछि पुलिसले पेनाल्टी पाएको थियो । सुमनले नै हानेको पेनाल्टीलाई चर्च ब्वाइजका गाेलरक्षक विजय श्रेष्ठले बचाएपछि पुलिसले खेलमा अग्रता लिने मौका गुमाएको थियो ।
५४औं मिनेटमा पुलिस १० खेलाडीमा सिमति भयो । भुवन बस्नेतलाई लडाएपछि पुलिसका अञ्जन राईलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । बाँकी समयमा पुलिस खेलमा फर्किन सकेन ।
Post Add 1025X115
Loading...