चाइना ओपन तेक्वान्दो च्याम्पियनसिपमा ज्ञानेन्द्र हमालले जिते रजत, नेपाललाई थप दुई कास्य पदक

0

चीनको सियाङमा आयोजित चाइना ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक रजत र दुई कास्य पदक जितेको छ ।
नेपालका लागि ज्ञानेन्द्र हमालले रजत पदक जिते भने निशा रावल र भुपेन्द्र श्रेष्ठले कास्य पदक जिते ।

पुरुषको ६३ केजी मुनि तौल समूहमा ज्ञानेन्द्रले चीनका खेलाडीलाई हराएर फाइनलमा पुगेका थिए । इन्ज्युरीका कारण फाइनल खेल्न नसक्ने भएपछि उनी कास्यमा चित्त बुझाउन बाध्य भए ।

महिलाको ७३ केजी माथि तौल समूहमा निशा रावलले कास्य जितिन् । बाई पाएर सोझै सेमिफाइनलमा पुगेको निशा चाइनाकी खेलाडीसँग पराजित भएकी थिइन् । यस्तै पुरुष ८७ केजी मुनि तौल समूहको खेलमा भुपेन्द्र श्रेष्ठ सेमिफाइनलमा चीनकै खेलाडीसँग पराजित भएपछि कास्यमा सिमित भए । पहिलो म्याचमा बाई पाएका भुपेन्द्रले क्वार्टर फाइनलमा चीनका खेलाडीलाई हराएका थिए ।

आशन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि सहभागिता जनाएको प्रतियोगितामा नेपालबाट १२ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

Post Add 1025X115
Loading...