एमसीसीविरुद्धको टि–२० मा नेपालको मिश्रित टिम निरीह

0

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबले टि–२० खेलमा पनि जित हात पारेको छ । यू–१९ र सिनियर खेलाडी सम्मेलित टिमलाई एमसीसीले ११३ रनले हरायो ।

१९० रनको लक्ष्य लक्ष्य छ्याएको नेपाल १३ ओभर एक बलमा ७६ रन बनाएर अलआउट भयो । नेपालका लागि कमल सिंह ऐरीले बनाएको १८ रन सर्वाधिक थियो । अन्य खेलाडीमा सन्दिप जोराले १६, कुशल भुर्तेलले १४, भीम शार्कीले १३ रन बनाए भने आरिफ शेखले चार, अमित श्रेष्ठले एक, रोहित कुमार पौडेलले ६ रन बनाए ।

नेपाललाई हराउनका लागि एड योङले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङतर्फ ४२ रन बनाएका योङले बलिङमा पनि तीन विकेट लिए । यस्तै ओलिभर हानन डाल्बीले दुई विकेट लिँदा क्रिस राइट र विल रोड्सले एक एक विकेट हात पारे । टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले २० ओभरमा सात विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

एमसीसीका लागि विल गोडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए भने एड योङले ४२ रन बनाए । त्यस्तै माइल्स हाम्मोन्डले २९ रन बनाए ।

बलिङतर्फ राशिद खानले तीन विकेट लिए भने कमल सिंह ऐरी, जितेन्द्र मुखिया रु सुशन भारीले एक एक विकेट हात पारे ।

Post Add 1025X115
Loading...