दक्षिण एसियाली खेलकुद मंसिर १५ गतेदेखि हुने पक्का

0

भद्रगोल पूर्वाधारकाबीच दक्षिण एसियाली खेलकुद नेपालमा तोकिएकै समय अर्थात डिसेम्बर १ गतेदेखि १० गतेसम्म हुने भएको छ ।
काठमाडौंमा आज सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिता नेपालमै आयोजना हुने तय गरेको हो । बैठकमा सहभागि राष्ट्रका प्रतिनिधिहरुले पनि दक्षिण एसियाली खेलकुद आयोजना गर्न जोड दिएका थिए ।

बैठकमा उपस्थित काउन्सिलका सदस्यहरुले आज सातदोबाटोस्थित खेलकुद परिसरको निरीक्षण गर्नेछन् । त्यसपछि पोखराका पूर्वाधारहरु निरीक्षणका लागि त्यसतर्फ जाने बुझिएको छ ।

प्रतियोगिताको उद्घाटन र समापन गर्ने प्रमुख स्थल दशरथ रंगशालाको भीआईपी तर्फको प्यारापिट बन्न बाँकी छ भने पोखरा रंगशालाको काम अघि बढ्न सकेको छैन ।

यो संस्करणमा सहभागि देशहरुबाट उल्लेख्य सहभागिता भने नआउने भएको छ । नेपाललेमात्र सबै खेलमा सहभागिता जनाउने भएको छ । २७ खेल मध्ये बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउनेछन् ।

सागमा सबै भन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स रहेको छ । उसले ११ खेलमा मात्र भाग लिने भएको छ । यस्तै भारतले १७, पाकिस्तान १८, भुटान १४ खेलमा भाग लिने भएका छन ।

आयोजक नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

Post Add 1025X115
Loading...